logo
२०८३ भाद्र १२, शुक्रबार |
📰
🔍

मुख्यमन्त्री थापा : बाढीपीडितको उद्धार र पुनःस्थापनामा प्रदेश सरकार प्रतिबद्ध

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
मुख्यमन्त्री थापा : बाढीपीडितको उद्धार र पुनःस्थापनामा प्रदेश सरकार प्रतिबद्ध

नुवाकोट/ बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रका नागरिकको दुःखमा प्रदेश सरकार साथमा रहेको बताउनुभएको छ।

सामाजिक सञ्जालमार्फत उहाँले बाढीपीडितलाई सम्बोधन गर्दै ‘तपाईंहरू एक्लै हुनुहुन्न, तपाईंको पीडा हाम्रो पीडा हो’ भन्दै राज्यका सबै संयन्त्र प्रभावितको सुरक्षा र उद्धारमा निरन्तर परिचालित रहेको उल्लेख गर्नुभएको छ।

मुख्यमन्त्री थापाले सरकार आश्वासन दिन मात्र नभई संकटको अन्तिम अवस्थासम्म जनताको साथमा उभिने बताउँदै उद्धारदेखि पुनःस्थापनासम्मका कार्यमा प्रदेश सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

सम्भावित जोखिममा रहेका नागरिकको सुरक्षित उद्धारका लागि आवश्यक प्रयास निरन्तर जारी रहेको उहाँले जानकारी दिनुभएको छ।