प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र ११, बिहिबार
एजेन्सी / चीनका प्रधानमन्त्री लि छियाङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तिब्बतको केरुङ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।
राष्ट्रपति सी चिनफिङपछि चीनका दोस्रो वरिष्ठ नेता रहेका प्रधानमन्त्री लि बिहीबार ग्याइरोङ क्षेत्र पुगेका हुन्। उनले बाढीपहिरोबाट भएको क्षति तथा उद्धार र राहत अवस्थाबारे स्थलगत जानकारी लिएका छन्।
यसैबीच, भीषण बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित केरुङ नाकामा पहिलो चिनियाँ आपत्कालीन उद्धार टोली बिहीबार मात्र पुगेको छ। पहिरोका कारण सडक सञ्जाल अवरुद्ध हुनुका साथै प्रतिकूल मौसमका कारण विपद् आएको करिब २२ घण्टापछि मात्रै उद्धार टोली प्रभावित क्षेत्रको मुख्य भागसम्म पुग्न सकेको बताइएको छ।