प्रभातफेरी अनलाइन३ पटक पढिएको | १ घण्टा अघि
वर्तमान परिवेशमा रेडक्रस को अवस्थाका बारेमा नेरेसो काभ्रे शाखाका निवर्तमान सभापति रघुनाथ हुमागाईले बिज्ञप्ति जारी गर्दै अभियन्ताहरुमा ध्यानाकर्षण गराउदै | पछिल्ला दिनमा नेपाल रेडक्रस सोसाइटीमा देखा परेको असहज परिस्थतिका सम्वन्धमा काभ्रेपलान्चोक जिल्ला शाखा पनि अछुतो रहन सकेन । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाले संस्थाको हितलाई मध्यनजर गर्दै रेडक्रसको आधारभुत सिद्धान्त र केन्द्रीय कार्यालयबाट मार्ग निर्देशन भए अनुरुपका क्रियाकलापहरु संचालन गरी मानवीय पीडा कम गर्न र विपद्का घट्नाबाट प्रभावित समुदाय तथा व्यक्तिहरुलाई तत्काल राहत तथा उद्धारका गतिविधिहरु संचालन गरिदै आएको छ । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखाले न्यूनतम २ करोड रुपैयाको ब्लड बैंक अक्षयकोष स्थापना गरेको छ उक्त कोष बुद्धिका लागि सहयोग संकलन निरन्तर छ । उक्त कोषबाट प्राप्त व्याजले ब्लडबैक सुधारका लागि खर्च गरीने छ । रक्तसंचार केन्द्रलाई प्रदेश सरकार स्वास्थ्य मन्त्रालय वाट १ थान रेफ्रिरेजेरेटर प्राप्त भएको छ । कोही पनि आवश्यक बिरामी रगत अभावका कारणले उपचारमा कमी नहोस भन्ने उदेश्यले रक्तसंचार केन्द्र (ब्लड बैंक) को सेवामा गुणस्तरीयता सेवा दिनका लागि प्रदेश सरकार र स्थानिय सरकार र सरोकारवाला निकायहरुमा गहिरो सुमधुर समन्ध कायम राख्न वर्तमान जिल्ला कार्यसमिति क्रियाशिल रहेको छ । जस अनुरुप काभ्रेपलान्चोक जिल्ला अन्तर्गत रहेका नगर तथा गाऊ पालिकाका आवश्यक पर्दा निशुल्क रगत तथा रक्ततत्वहरु उपलव्ध गराउने उदेश्यले ५ वटापालिका तथा ३ वटा सहकारीहरु सम्झौता भएको छ । साथै जिल्ला वासिलाई आवश्यक पर्दा रगत तथा रक्ततत्वहरु उपलव्ध गराउनका लागि नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखा संग सम्झौता गरी कार्यान्वयन गरीएको छ ।
तत्कालिन नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला कार्यसमितिले महत्वाकाक्षी योजना अन्तर्गत नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखा भवन पुनः निर्माणका लागि साढे ५ तल्लाको रक्तसंचार सेवा ( ब्लड बैंक) भवनको योजना प्रस्तुत गरेको थियो । उक्त योजनालाई बर्तमान कार्यसमितिले निरन्तरता दिदै प्रदेश सरकरकारलाई अनुरोध गरीएकोमा बाग्मती प्रदेश पूर्वाधार विकास मन्त्रालयबाट भवन निर्माणका लागि २०८२/२०८३ मा २० लाख र २०८३/२०८४ मा ४० लाख रकम उपलव्ध गराउनका लागि बजेट व्यवस्थापन भएको छ नेपाल रेडक्रसको विधान बमोजिम एक पालिका एक रेडक्रसको अवधारण अनुरुप यस जिल्लाको १३ वटै स्थानिय तहमा पालिका शाखा गठन गरीएको छ भने ३८ वटा उपशाखाहरु क्रियाशिल भई मानवीय सेवाका गतिविधिहरु निरन्तर संचालन गरी रहेका छन् । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलान्चोक जिल्ला शाखा कार्यसमितिको निर्वाचन मिति २०८१ कार्तिक ३ गते सम्पन्न भएको थियो । नेपाल रेडक्रसको विधान २०२० (१८औ शंसोधित २०८२) बमोजिम रेडक्रस लाई अबिचलित सामाजिक सेवाको रुपमा स्थापित गर्न चुकेका त छैनौ चेतना भया ।
नेरेसो काभ्रे शाखा का पुर्व सभापति