logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

बाढीपीडितको सहयोगमा कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दिने

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | २०८३ भाद्र १४, आईतबार
बाढीपीडितको सहयोगमा कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दिने

काठमाडौं / नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

कांग्रेसले प्रभावित क्षेत्रबाहेक अन्य जिल्लामा रहेका बाढीपीडित परिवारलाई सहयोग तथा परामर्श उपलब्ध गराउन सम्बन्धित जिल्ला तथा स्थानीय तहका नेतृत्व र जनप्रतिनिधिलाई समेत आग्रह गरेको छ।