प्रभातफेरी अनलाइन२० पटक पढिएको | २०८३ भाद्र १५, सोमबार
रसुवा / भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा गरिएको खोजीमा कुनै मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली धुन्चे फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंकामा सेनाको टोली इन्जिनियर र ड्रोनसहित खोजीमा खटिएको थियो। टोलीले सुरुङको अन्तिम बिन्दुसम्म पुगेर ड्रोनमार्फत समेत निरीक्षण गरेको थियो।
तर, लामो खोजीका क्रममा सुरुङभित्र मानवीय उपस्थिति नभेटिएपछि उद्धार टोलीले खोजी अभियान सम्पन्न गरेको हो।