logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १ घण्टा अघि
भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखसँग लिए ब्रिफिङ

काठमाडाैं / प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न संकटबारे देशका सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग खोजी, उद्धार, राहत तथा व्यवस्थापनका विषयमा जानकारी लिएका थिए।

त्यसपछि सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेलसँग पनि ब्रिफिङ लिएका छन्। प्रधानमन्त्री शाहले आजै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग पनि भोटेकोशी बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिने कार्यक्रम रहेको छ।