logo
२०८३ भाद्र १५, सोमबार |
📰
🔍

बाढीको क्षतिलाई जलवायु परिवर्तनको एजेन्डा बनाउँदै नेपालले विश्व मञ्चमा आवाज उठाउने

प्रभातफेरी अनलाइन३ पटक पढिएको | २१ मिनेट अघि
बाढीको क्षतिलाई जलवायु परिवर्तनको एजेन्डा बनाउँदै नेपालले विश्व मञ्चमा आवाज उठाउने

काठमाडौं / नेपालले हालैको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिलाई जलवायु परिवर्तनसँग जोड्दै विश्व मञ्चमा जलवायु परिवर्तनको एजेन्डा सशक्त रूपमा उठाउने भएको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको विपद् तथा जलवायु परिवर्तनसम्बन्धी विषयलाई वैज्ञानिक प्रमाणका आधारमा विश्व मञ्चमा स्थापित गर्न पहल गरिने बताएका छन्।

अर्थ मन्त्रालयमा आज आयोजित उच्चस्तरीय बैठकमा अर्थमन्त्री वाग्लेले यस विषयमा अन्तर्राष्ट्रियस्तरमा पहल गर्न आवश्यक रहेको बताएका हुन्। उनका अनुसार प्रधानमन्त्रीले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा नेपालको जलवायु तथा विपद्सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउनेछन्।

हाल भने विपद्पछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा अर्थमन्त्री वाग्लेले जोड दिए।

त्यसैगरी, उनले पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउने तथा सीमापार सहयोगलाई वैज्ञानिक विधि र प्रमाणका आधारमा अघि बढाउने विषयमा समेत सरकारले ध्यान केन्द्रित गर्ने बताए।