प्रभातफेरी अनलाइन७ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौं / लगातार ६ कारोबार दिनको गिरावटपछि मंगलबार नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२.६६ विन्दुमा पुगेको छ।
यसदिन ३४१ वटा धितोपत्रको ७६ लाख १३ हजार ६८१ कित्ता सेयर किनबेच हुँदा कुल २ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ।
मंगलबार १८१ कम्पनीको सेयर मूल्य बढ्दा ८४ कम्पनीको घटेको र १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसदिन माथिल्लो मैलुङ खोला जलविद्युतको सेयर मूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ।