प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र १६, मंगलबार
काठमाडौं / प्रेस सेन्टर नेपालका लमजुङ जिल्ला अध्यक्ष तथा रेडियो भोटेओडारका स्टेशन प्रमुख वासुदेव थापाविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रशासनिक कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय, लमजुङमा निवेदन दिएको घटनाप्रति प्रेस सेन्टर नेपालले आपत्ति जनाएको छ।
प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न खोज्दा सामाजिक सञ्जालमा भेटिएको क्युआर कोडमार्फत रकम रास्वपाको खातामा जम्मा हुन गएको विषयलाई लिएर पत्रकारमाथि कारबाही माग गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको प्रेस सेन्टरको आरोप छ।
भ्रामक वा गलत क्युआर कोडको विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रेस सेन्टरले पत्रकार थापामाथिका आरोप तत्काल फिर्ता लिन र स्वतन्त्र रूपमा पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग आग्रह गरेको छ।
