logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

बाढी प्रभावित क्षेत्रमा वाइसियलका ६०० स्वयंसेवक परिचालित

प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
बाढी प्रभावित क्षेत्रमा वाइसियलका ६०० स्वयंसेवक परिचालित

काठमाडौँ / आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध युवा दस्ता वाइसिएल (योङ कम्युनिष्ट लिग, नेपाल) भोटेकोशी बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा अग्रणी संगठनका रुपमा अहोरात्र खटिएको छ।

अध्यक्ष पुष्प ओलीको नेतृत्वमा उद्धार, राहत तथा सहयोगका लागि वाईसीएलले उद्वार र राहत टोली परिचालन गरेको छ । सो संगठनका अनुसार सो टोलीले पहिलो चरणमा खाना पकाउने एलपी ग्याँस, दाल चामल लगायत खाद्यान्न लगायतका सामान होल्डिङ सेन्टरमा पुर्‍याएर फर्किएको हो।

त्यसैगरी बिहिबार वाइसिएलले ५० थान डस्ना ५० थान ब्ल्याङकेट ५० थान कुर्ता सुरुवाल, सेनेटरी प्याड लगायत सामान पनि तुप्चेको होल्डिङ सेन्टरमा पुर्‍याएको छ। संगठनका स्वयंसेवकहरूले प्रभावितहरूको उद्वारका साथै पीडितहरूका निम्ति मेस सञ्चालन गरी खानेकुराको व्यवस्थापन समेत गरिरहेको छ।