प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
हामीले बाढीको पीडा भोग्यौँ। तर विपत्तिको समयमा सेवा फोटोका लागि होइन, परिणामका लागि हुनुपर्छ भन्ने कुरा पनि सिक्यौँ।
चीनतर्फ बाढीपछि नेतृत्वले घटनास्थलको अवस्था बुझ्यो, त्यसपछि राज्य संयन्त्र परिचालन भयो। भारी उपकरण, उद्धार टोली र आवश्यक स्रोतसाधन परिचालन गरेर छोटो समयमै अस्थायी सडक निर्माण गरी दोहोरो यातायात सञ्चालनमा ल्याउने काम भयो।
त्यहाँ मन्त्रीले बेल्चा बोकेर फोटो खिचाएको वा अक्सिजन बोकेर हिँडेको फोटो भाइरल बनाउनेभन्दा राज्य संयन्त्रलाई कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भन्ने कुरालाई प्राथमिकता दिइयो।
मुख्य कुरा मन्त्रीले बेल्चा चलाउनु होइन, राज्य संयन्त्र चलाउनु हो।
नेतृत्वले नीति बनाउने र दिशा दिने हो, काम गर्ने संयन्त्रलाई आवश्यक स्रोत, जनशक्ति र उपकरण उपलब्ध गराउने हो।
यता, त्रिशूली–३ ‘ए’ को सुरुङ उद्धारमा लामो समयपछि मात्र सरकार आयोजना र विदेशी विज्ञको सहयोगतर्फ अघि बढ्यो। उद्धारमा आंशिक सफलता प्राप्त हुँदै गर्दा सामाजिक सञ्जालमा भने मन्त्री र सांसदहरूले बेल्चा बोकेका तस्बिरले बढी चर्चा पाए।
विपत्तिको समयमा नागरिकलाई फोटो होइन, परिणाम चाहिन्छ।
बेल्चा चलाएको फोटोभन्दा समयमै चलाइएको राज्य संयन्त्र महत्वपूर्ण हुन्छ।
हुन त… चीनमा फेसबुक नचल्ने भएर पनि होला! 😏