प्रभातफेरी अनलाइन१६ पटक पढिएको | १ घण्टा अघि
पर्सा / पर्साको पकहाँ मैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। शुक्रबार राति ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त टोलीले वडा नं. १ धोरेमा बा १८ च ३६५७ नम्बरको सेतो निशान कार चेकजाँच गर्दा पछाडिको डिकीमा प्लास्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला पारेको थियो।
पोकाभित्र प्लास्टिकसहित ११४ किलो २५ ग्राम गाँजा बरामद भएपछि धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई कार र बरामद लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।