logo
२०८३ भाद्र २१, आईतबार |
📰
🔍

कृष्णभीर सडक अवरुद्धपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिण्डर काठमाडौं भित्रिए

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | १ घण्टा अघि
कृष्णभीर सडक अवरुद्धपछि तीन दिनमा ८७ हजारभन्दा बढी ग्यास सिलिण्डर काठमाडौं भित्रिए

काठमाडौँ / पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएर मुख्य राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै पछिल्ला तीन दिनमा ८७ हजार ८७७ वटा एलपी ग्यास सिलिण्डर काठमाडौं भित्र्याइएको छ।

नेपाल आयल निगमका अनुसार बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीका उद्योगबाट १८ वटा ग्यास कम्पनीले सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौं ल्याएका हुन्।

निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भदौ १८ गते २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ वटा सिलिण्डर उपत्यका भित्रिएका छन्।

कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीको कटानका कारण सडक अवरुद्ध भएपछि इन्धन बोकेका ट्याङ्कर र ग्यास बुलेट बाटोमै रोकिएका थिए। त्यसपछि निगमले वैकल्पिक मार्गबाट आपूर्ति व्यवस्था मिलाएको हो।