प्रभातफेरी अनलाइन१४ पटक पढिएको | २०८३ भाद्र २२, सोमबार
काभ्रे / जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत महिला प्रहरी कर्मचारीका समस्या, गुनासा, अनुभव तथा कार्यक्षेत्रसँग सम्बन्धित विविध विषयमा छलफल गर्न अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।
२०८३ भदौ २१ गते बिहान ११ बजे जिल्ला प्रहरी कार्यालय काभ्रेका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रबिन कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कार्यालय तथा मातहतका प्रहरी इकाइमा कार्यरत महिला प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा महिला प्रहरी कर्मचारीहरूले आफ्ना समस्या, गुनासा तथा कार्यक्षेत्रसँग सम्बन्धित विषयमा प्रहरी उपरीक्षक कार्कीसँग प्रत्यक्ष छलफल गरेका थिए। सो अवसरमा प्रहरी उपरीक्षक कार्कीले व्यावसायिक दक्षता, अनुशासन र मानसिक आत्मबललाई प्राथमिकतामा राख्दै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न तथा नेतृत्व विकासमा ध्यान दिन आवश्यक रहेको बताउँदै आवश्यक निर्देशन दिनुभएको थियो।