logo
२०८३ भाद्र २२, सोमबार |
📰
🔍

LCIF बाट भोटेकोसी पीडितलाई ३ करोड २५ लाख, अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल आफैं पीडितसँङै त्रिशुलीमा

प्रभातफेरी अनलाइन९ पटक पढिएको | ५२ मिनेट अघि
LCIF बाट भोटेकोसी पीडितलाई ३ करोड २५ लाख, अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल आफैं पीडितसँङै त्रिशुलीमा"पदको स्वागत भन्दा सेवाको सम्मान ठूलो - अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन"

पारदर्शी रूपमा राहत र अस्थायी आवास बनाउने, एकद्वार प्रणालीबाट काम हुने

नुवाकोट / लायन्स इन्टरनेसनलका अन्तरास्ट्रिय डाइरेक्टर लायन राजन लम्सालले भाद्र १० को भोटेकोसी बाढीबाट पीडित परिवारलाई राहत र पुनर्स्थापनाका लागि Lions Clubs International Foundation – LCIF बाट २ लाख अमेरिकी डलर अर्थात् करिब ३ करोड २५ लाख रुपैयाँ सहयोग स्वीकृत भएको जानकारी गराउनु भएको छ ।

यो ऐतिहासिक सहयोग Lions International का अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल को प्रत्यक्ष पहल र समन्वयमा भइरहेको हो।

“सेवा नै धर्म हो”

त्रिशुलीमा आफैं राहत सामग्री झार्दै लायन लम्साल

भर्खरै अन्तर्राष्ट्रिय डाइरेक्टरमा निर्वाचित भएर District 325 I, MD 325, Nepal को मञ्चबाट “सेवा नै धर्म हो” भन्ने सम्बोधन गर्नुभएका लायन लम्सालले निर्वाचन पछिको पहिलो प्राथमिकता नै जनसेवामा राख्नुभएको छ। बाढी गएदेखि नै रातदिन नभनी त्रिशुली क्षेत्र मै रहेर राहत वितरण र उद्धार कार्यको नेतृत्व गरिरहनुभएको छ

उहाँ डाइरेक्टर पदमा निर्वाचित भएदेखि नै सामाजिक सेवामा समर्पित हुँदै आउनु भएको छ ।अझ भाद्र १० को बिनाशकारी बाढिबाट तहसनहस भएको भोटेकोसी आसपासका नागरिकको सेवामा रातदिन नभनी त्रिशुलीमा खटेर राहत वितरण र समन्वय गरिरहनुभएका सामाजिक ब्याक्तित्व लायन लम्सालसँङ लायन्स अन्तर्राष्ट्रिय बाट प्राप्त सहयोगका बारेमा छोटो प्रतिक्रिया माग्दा अन्तर्राष्ट्रिय डाइरेक्टर लायन लम्सालको प्रतिक्रिया यस्तो रहयो-
“LCIF को रकम वास्तविक आवश्यकता मूल्याङ्कन गरेर पारदर्शी रूपमा खर्च गर्छौं। नुवाकोट जिल्ला समन्वय समितिसँग बैठक भइसकेको छ। तत्काल राहत र अस्थायी टहरा निर्माण हाम्रो पहिलो प्राथमिकता हो। स्थानीय प्रशासनको सिफारिसमा काम अगाडि बढ्छ।”

खर्च कसरी हुन्छ भन्ने सवालमा अन्तर्राष्ट्रिय डाइरेक्टर लायन लम्साल थप्नु हुन्छ
== डिस्ट्रिक्टपिच्छे बाँडिँदैन। मल्टिपल डिस्ट्रिक्टको ‘एकद्वार प्रणाली’ बाट सञ्चालन हुनेछ।
रकमका बारेमा पनि प्रष्ट पार्दै अन्तर्राष्ट्रिय डाइरेक्टर लायन लम्साल स्वीकृत रकमको ५०% अर्थात् करिब १ करोड ५४ लाख आइसकेको छ।
सवाल प्रधानमन्त्री कोषका कुरामा नेपाल रहेका लायन्सका १५ डिस्ट्रिक्टले प्रधानमन्त्री राहत कोषमा १ करोड १७ लाख जम्मा गरिसकेका छन्। त्यसैले त्यो विषय जोडिराख्नु परेन,भन्नु हुदै अन्तर्राष्ट्रिय डाइरेक्टर लायन लम्साल प्रतिबद्धता गर्नु हुन्छ – लायन्स इन्टरनेसनलले पीडितको पुनर्निर्माण नहुन्जेल साथ दिन कन्चुस्याइ गर्दैन भन्नू हुँदै

निर्वाचन पछि स्वागत ग्रहण गर्दै अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल

अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल थप्नुहुन्छ:
“पद पाएर मात्र हुँदैन, जनताको दुःखमा साथ दिन सक्नुपर्छ। District 325 I का सम्पूर्ण Lion र LEO साथीहरुसँग मिलेर हामी पीडितको घर-घरमा पुगेका छौँ । लायन्सको पहिचान भनेकै संकटमा साथ दिनु हो।”

थप सहयोगको सवालमा भन्नुपर्दा अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सहयोगबाट
अस्थायी आवास, खाद्यान्न, औषधि, खानेपानी, लत्ता-कपडा र बालबालिकाको शिक्षाका लागि सहयोग हुनेछ भन्नू भएको छ ।
We Serve
Lions International District 325I, MD 325, Nepal

“We Serve
निर्वाचन पछि स्वागत ग्रहण गर्दै अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन लम्साल_ ”

“त्रिशुलीमा आफैं राहत सामग्री झार्दै लायन लम्साल_”

“पदको स्वागत भन्दा सेवाको सम्मान ठूलो – अन्तर्राष्ट्रिय डाइरेक्टर लायन राजन”