logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

कांग्रेसको वडा अधिवेशन असोज ३ देखि, भोटेकोशी बाढीका कारण कार्यतालिका सर्‍यो

प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
कांग्रेसको वडा अधिवेशन असोज ३ देखि, भोटेकोशी बाढीका कारण कार्यतालिका सर्‍यो

काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आगामी असोज ३ गतेदेखि सुरु हुने भएको छ। यसअघि भदौ २४ गतेदेखि गर्ने भनिएको अधिवेशन रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको थियो।

कांग्रेस निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले आज जारी गरेको विज्ञप्तिअनुसार असोज ३ र ४ गते देशभरका ६ हजार ७४३ वडामा अधिवेशन हुनेछ। सोही क्रममा क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिनेछ।

कार्यतालिकाअनुसार असोज ७ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन हुनेछ भने असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ। केन्द्रीय महाधिवेशन भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ।