logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

हङकङसँग १५ रनले हार्‍यो नेपाल, समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

प्रभातफेरी अनलाइन४२ पटक पढिएको | २०८३ भाद्र २३, मंगलबार
हङकङसँग १५ रनले हार्‍यो नेपाल, समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश

काठमाडौँ / एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ।

हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमा अलआउट भयो। नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।

आसिफ शेखले ४४, दीपेन्द्रसिंह ऐरीले २५, करण केसीले २१ तथा गुल्शन झाले २० रन बनाए। हङकङका एइजाज खानले चार विकेट लिए भने यासिम मुर्तजाले दुई विकेट लिए।

यसअघि बाबर हायातको अविजित ११७ रनको शानदार पारीमा हङकङले ५० ओभरमा सात विकेट गुमाएर २६१ रन बनाएको थियो। एक समय १३३ रनमा सात विकेट गुमाएको हङकङलाई बाबर र एहसान खानले १२८ रनको अविजित साझेदारी गर्दै बलियो योगफलसम्म पुर्‍याएका थिए।

नेपालका कप्तान सन्दीप लामिछानेले चार तथा शेर मल्लले तीन विकेट लिए। हङकङसँगको जितसँगै हङकङ नेपालसँगै सेमिफाइनलमा पुगेको छ भने आयोजक मलेसिया प्रतियोगिताबाट बाहिरिएको छ।