logo
२०८३ भाद्र २४, बुधबार |
📰
🔍

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २५४५ विन्दुमा

प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
सेयर बजारमा दोहोरो अङ्कको गिरावट, नेप्से २५४५ विन्दुमा

काठमाडौँ । सेयर बजारमा आज दोहोरो अङ्कको गिरावट आएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १५.४३ अङ्कले घटेर २५४५.४० विन्दुमा झरेर कारोबार बन्द भएको हो।

आज १९२ कम्पनीको सेयर मूल्य घट्दा ७४ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

कुल १० लाख ९६ हजार कित्ता सेयर कारोबार हुँदा बजारमा ४ अर्ब १९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। समूहगत रूपमा आज सबै समूहका सूचक घटेका छन्। विकास बैंक समूह सबैभन्दा धेरै २.३७ प्रतिशतले घटेको छ भने फाइनान्स, होटल, निर्जीवन बीमा र ट्रेडिङ समूहका सूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

यता, आजको बजारमा सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा अपर लोहोरे हाइड्रोपावर रहेको छ। कम्पनीको सेयर मूल्य १५ प्रतिशतले बढेको छ। अन्य कुनै पनि कम्पनीको सेयर मूल्य भने दोहोरो अङ्कमा बढ्न सकेन।