प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ भाद्र २५, बिहिबार
पनौती / पनौती नगरपालिका वडा नं. ८ ले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म आउन नसक्ने बिरामी तथा अशक्त लाभग्राहीलाई लक्षित गर्दै घरदैलो सेवा सुरु गरेको छ।
वडा सचिव भगवान बस्नेतका अनुसार वडा कार्यालयको टोलीले जानकारीमा आएका बिरामी तथा अशक्त सबै लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम सम्पन्न गरिसकेको छ।
वडाले अझै कोही बिरामी वा अशक्त लाभग्राही नवीकरणबाट छुटेको भए जनप्रतिनिधि वा वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ। छुटेका लाभग्राहीको घरमै पुगेर नवीकरण गरिदिने वडाले जनाएको छ।
घरदैलोमै सेवा पाएपछि वृद्ध, अशक्त तथा दीर्घरोगी नागरिकलाई वडा कार्यालयसम्म धाउनुपर्ने झन्झटबाट राहत मिलेको छ। वडा समिति परिवारको सक्रियतामा गरिएको यस पहललाई स्थानीयवासीले स्वागत गर्दै नमुना सेवाका रूपमा लिएका छन्।