logo
२०८३ कार्तिक १५, आईतबार |
☰
📰
🔍
✕

बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

प्रभातफेरी अनलाइन२ पटक पढिएको | १५ मिनेट अघि
बाँकेको अम्बे स्टिल कम्पनीमा आगलागी, ८ जना घाइते

बाँके / बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन्।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५:४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट भई अचानक आगलागी भएको हो। प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ।

आगलागीमा घाइते हुनेमा बाँकेका ५ जना र भारतको बहराइच जिल्लाका ३ जना रहेका छन्। उनीहरूलाई उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको थियो। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ।