प्रभातफेरी अनलाइन५ पटक पढिएको | ४९ मिनेट अघि
काठमाडौं / भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सोमबार झापा भ्रमणमा जाने भएकी छन्।
भ्रमणका क्रममा उनले जिल्ला भूमि समस्या समाधान समितिका पदाधिकारी, सहकारीपीडित तथा स्थानीय नागरिकसँग छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।
अन्तरक्रियामा भूमिहीन तथा सुकुम्बासीका समस्या, सहकारीपीडितका गुनासा र भूमि व्यवस्थापनका विषयमा छलफल हुनेछ। साथै, मन्त्रालयले हालसम्म गरेका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासो सम्बोधन गर्ने उपायबारे जानकारी आदानप्रदान गरिनेछ।