प्रभातफेरी अनलाइन२६ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
तनहुँ / तनहुँको भीमाद नगरपालिका–२, टेक्रेमा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ।
अरिङ्गालको चिलाइबाट गम्भीर घाइते भएका स्थानीय ४२ वर्षीय धनबहादुर थापाको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएको तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।