logo
२०८३ भाद्र २९, सोमबार |
📰
🔍

ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित युवक पक्राउ

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ भाद्र २८, आईतबार
ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित युवक पक्राउ

काठमाडौं / काठमाडौं महानगरपालिका–२६, ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भएका २० वर्षीय युवराज घताने रहेका छन्। उनलाई प्रहरीले आज उक्त रकमसहित पक्राउ गरेको हो।

प्रहरी वृत्त दरबारमार्गको टोलीले बा ९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त नगद फेला पारेपछि घतानेलाई नियन्त्रणमा लिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।