प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र ३०, मंगलबार
काठमाडौं / नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसदहरु बाढी पीडित नागरिकका समस्यालाई लिएर एक पछि अर्को प्रश्नको बाढी बर्षाएका छन । त्यही यात्राका एकपात्र हुन् सांसद रमेशकुमार मल्ल ,उहाँले रसुवा बाढीपछिको खोज, उद्धार र राहतबारे सरकारसँग जवाफ माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद मल्लले सुरुङमा बेपत्ता नागरिकको खोज तथा उद्धार कार्यको उपलब्धीदेखि पीडित परिवारलाई उपलब्ध गराउने राहत प्याकेज लगायतबारे संसदलाई जानकारी गराउन माग गर्दै सरकार नागरिकको समस्याबाट पछि हट्न नहुने माग गरिराख्नु भएको छ।