प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
काठमाडौं / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर ३ लाख १ हजार ८०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ८५ रुपैयाँले बढेर ४ हजार ६८५ रुपैयाँ कायम भएको छ। मंगलबार छापावाल सुन प्रतितोला ३ लाख १०० रुपैयाँ र चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।