logo
२०८३ आश्विन २१, बुधबार |
☰
📰
🔍
✕

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने

प्रभातफेरी अनलाइन४५ पटक पढिएको | २०८३ भाद्र ३१, बुधबार
कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन हुने

धादिङ / पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ। बिहीबार बिहान ६ बजेदेखि उक्त सडकखण्डमा दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।

त्रिशूली नदीको बाढीले करिब १०० मिटर सडक बगाएपछि अवरुद्ध भएको सडकमा ढिस्को काटेर नयाँ ट्र्याक खोलिएको हो। अहिले ग्राभेल र नाली निर्माणको काम भइरहेको छ।