प्रभातफेरी अनलाइन१ पटक पढिएको | ५१ मिनेट अघि
काठमाडौँ / विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन एआई, भू–उपग्रह प्रविधि, ड्रोन र रोबोटिक्सको प्रयोग गर्ने तयारी भइरहेको बताएका छन्।
उनले वास्तविक समयमै विपद्को निगरानी तथा पूर्वानुमान गर्न ‘सिचुएसन रुम’ निर्माणको काम अघि बढिरहेको जानकारी दिए। साथै, नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्यसहित मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताए।