logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

सुनचाँदीको मूल्य घट्यो

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। छापावाल सुनको मूल्य प्रतितोला रु. २ हजार ३०० घटेर रु. २ लाख ९९ हजार ५०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु. ६० घटेर रु. ४ हजार ६२५ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु. ३ लाख १ हजार ८०० र चाँदी रु. ४ हजार ६८५ मा कारोबार भएको थियो।