logo
२०८३ आश्विन १, बिहिबार |
📰
🔍

खोटाङमा बरामद १ हजार ३१५ किलो गाँजा नष्ट

प्रभातफेरी अनलाइन१० पटक पढिएको | २०८३ आश्विन १, बिहिबार
खोटाङमा बरामद १ हजार ३१५ किलो गाँजा नष्ट

खोटाङ / जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको १ हजार ३१५ किलोग्राम गाँजा नष्ट गरेको छ।

गत साउन २१ गते राति दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाको वालिङस्थित मध्यपहाडी लोकमार्गमा रोकिराखेको ट्रकबाट प्रहरीले करिब रु. २ करोड मूल्य बराबरको गाँजा बरामद गरेको थियो।

प्रदेश १–०२–००२ ख ००८३ नम्बरको ट्रकको चालक बस्ने भाग र पछाडिको डालाबीच फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ।

चालक फरार रहेकाले गाँजाको धनी पहिचान हुन सकेको छैन। प्रहरीले ट्रकधनीलाई भने मंगलबार पक्राउ गरेको छ। कानुनी प्रक्रिया पूरा गरी बरामद गाँजा जिल्ला अदालत खोटाङ परिसरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।