logo
२०८३ आश्विन ४, आईतबार |
📰
🔍

एमाले सचिवालय बैठक सुरु

प्रभातफेरी अनलाइन२४ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
एमाले सचिवालय बैठक सुरु

काठमाडौं / नेकपा (एमाले)को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

पुनर्गठन कार्यदलको बैठक लम्बिएपछि दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक करिब साढे तीन घण्टा ढिला गरी साढे ४ बजेबाट सुरु भएको हो।

एमाले सचिव महेश बस्नेतका अनुसार कार्यदलमा लामो छलफलपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामा र विशेष महाधिवेशनको विषयलाई अन्तिम प्रतिवेदनमा समावेश नगर्ने सहमति भएको छ। यी विषय प्रतिवेदनमा राख्ने वा नराख्ने विषयमा यसअघि पार्टीभित्र विवाद देखिएको थियो।