प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गर्दै महामन्त्री विपिन आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकमा यस विषयमा छलफल भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए। उनका अनुसार समितिले काम सुरु गरिसकेको छ।
समितिले निष्कर्ष पेश गरेपछि ‘राइट टु रिकल’ कार्यान्वयनका सम्बन्धमा पार्टीले आवश्यक निर्णय गर्ने खरेलले बताए। रास्वपाले सुरुदेखि नै यो विषय उठाउँदै आएको र अब त्यसलाई कार्यान्वयनतर्फ अघि बढाउने गरी काम सुरु गरिएको उनको भनाइ छ।