प्रभातफेरी अनलाइन९ पटक पढिएको | १ घण्टा अघि
काभ्रे / जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरीका मोटरसाइकलसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा महाभारत गाउँपालिकाका एक जना र खानीखोला गाउँपालिकाका दुई जना रहेका छन्।
प्रहरीका अनुसार बनेपा नगरपालिका–४ स्थित क्याफेमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेको आरोपमा महाभारत गाउँपालिका–५ का २२ वर्षीय सुशील योञ्जन पक्राउ परेका छन्।
त्यस्तै, बनेपा नगरपालिका–६ चाँदनीचोकबाट चोरी भएको मोटरसाइकलसहित खानीखोला गाउँपालिका–५ का २० वर्षीय छेवाङ तामाङ र सोही घटनामा संलग्न रहेको आरोपमा खानीखोला गाउँपालिका–१ का २५ वर्षीय अनिश गोले पक्राउ परेका छन्।
यसैगरी, बनेपा नगरपालिका–८ तीनदोबाटोस्थित सडकखण्डमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको मोटरसाइकल चोरीको रहेको खुलेपछि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।