logo
२०८३ आश्विन ८, बिहिबार |
📰
🔍

सर्वोच्चद्वारा भरत दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश

प्रभातफेरी अनलाइन६ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
सर्वोच्चद्वारा भरत दाहाललाई तारेखमा राखेर अनुसन्धान गर्न आदेश

काठमाडौँ / सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत (भरतमणि) दाहाललाई रिहा गरी तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ।

दाहालको बन्दीप्रत्यक्षीकरण रिटमाथि बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सुनुवाइ गर्दै नेपाल प्रहरी प्रधान कार्यालय र साइबर ब्युरो, भोटाहिटीका नाममा यस्तो आदेश जारी गरेको हो। यसअघि अदालतले दाहाललाई पक्राउ गर्नुपर्ने आधार र कारणसहित लिखित जवाफ तथा अनुसन्धान मिसिलसहित २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।