प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन ८, बिहिबार
काठमाडौं / नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको सम्मानित वरिष्ठ नेता बनाउन प्रस्ताव गरेको छ।
पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले भण्डारीलाई अध्यक्षपछि दोस्रो वरीयतामा राख्ने प्रस्ताव गरेको हो। सचिवालयको प्रस्तावलाई ललितपुरको भानिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिएको र केन्द्रीय कमिटीले अनुमोदन गरेको छ।