logo
२०८३ आश्विन २२, बिहिबार |
☰
📰
🔍
✕

बीपी राजमार्गमा पहिरो खस्दा दुवैतर्फी सडक अवरुद्ध

प्रभातफेरी अनलाइन२९ पटक पढिएको | २०८३ आश्विन ९, शुक्रबार
बीपी राजमार्गमा पहिरो खस्दा दुवैतर्फी सडक अवरुद्ध

काभ्रे / काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयवेशी र रोशी गाउँपालिका–८ गिम्दीवेशीस्थित बीपी राजमार्गमा पहिरो खस्दा दुवैतर्फी सडक अवरुद्ध भएको छ।

आज बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। सडक अवरुद्ध भएपछि प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुहरूलाई सडकको पछिल्लो अवस्था बारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।