logo
२०८३ आश्विन १४, बुधबार |
☰
📰
🔍
✕

इरानमा सरकारविरोधी प्रदर्शनसँग जोडिएका दुई जनालाई मृत्युदण्ड

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
इरानमा सरकारविरोधी प्रदर्शनसँग जोडिएका दुई जनालाई मृत्युदण्ड

एजेन्सी /  इरानको न्यायपालिकाले सरकारविरोधी प्रदर्शनका क्रममा चार सुरक्षाकर्मीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका दुई जनालाई बुधबार मृत्युदण्ड दिएको जनाएको छ।

न्यायपालिकाको मिजान अनलाइनका अनुसार अली हेममती र माजिद निक–अन्डिसलाई मशादमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हत्या तथा पसल, बैंक र बसमा आगजनी गरी सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको आरोपमा दोषी ठहर गरिएको थियो। सर्वोच्च अदालतले उनीहरूको सजाय पुष्टि गरेपछि मृत्युदण्ड कार्यान्वयन गरिएको जनाइएको छ।

गत डिसेम्बरको अन्त्यबाट सुरु भएको आर्थिक गुनासोसहितको विरोध प्रदर्शन जनवरी ८ र ९ मा चरम अवस्थामा पुगेको थियो। इरानी अधिकारीहरूले हिंसामा ३ हजारभन्दा बढीको मृत्यु भएको बताएका छन् भने गैरसरकारी संस्थाहरूले सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाएको दाबी गरेका छन्।

यसैबीच, मानवअधिकारसम्बन्धी संस्थाहरूका अनुसार इरानमा पछिल्लो समय पक्राउ र मृत्युदण्डका घटनामा वृद्धि भएको छ।