logo
२०८३ आश्विन १४, बुधबार |
☰
📰
🔍
✕

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं / सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।

न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोलगायत विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

प्रसाईंकी श्रीमती उमा प्रसाईंले असोज १३ गते प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरो भोटाहिटीसहितलाई विपक्षी बनाएर बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। प्रसाईंलाई साइबर ब्यूरोको टोलीले सोमबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो।