प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ आश्विन १४, बुधबार
काठमाडौँ / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूलाई आफ्नो विज्ञता, ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्दै मुलुकको विकास र दीर्घकालीन नीति निर्माणमा योगदान दिन आग्रह गर्नुभएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलका क्रममा उहाँले राजनीतिक विषयभन्दा दीर्घकालीन नीति, नयाँ विचार र विकासका योजनामा केन्द्रित हुन सांसदहरूलाई सुझाव दिनुभएको हो। उहाँले पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई समेत प्राथमिकता दिन आग्रह गर्नुभएको छ।