logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि डिस्चार्ज

प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि डिस्चार्ज

दाङ / दाङको गढवा गाउँपालिकामा जङ्गली च्याउ खाँदा बिरामी परेकी तीन वर्षीया बालिकाको मृत्यु भएको छ। गढवा गाउँपालिका–१, वनघुस्री निवासी लक्ष्मी माझीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

उनका अनुसार स्थानीय ऋषि माझीकी श्रीमती २६ वर्षीया सुमित्रा माझी र उनकी तीन वर्षीया छोरी लक्ष्मी जङ्गली च्याउ खाएपछि बिरामी परेका थिए। बिरामी दुवै जनालाई उपचारका लागि भालुवाङ अस्पताल लगिएको थियो।

भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि लक्ष्मीलाई लमही अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा गएराति चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

जङ्गली च्याउ खाएर बिरामी परेकी आमा सुमित्रा भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।