logo
२०८३ आश्विन २४, शनिबार |
☰
📰
🔍
✕

राजनीतिमा सत्यमा रहेर मात्र पुग्दैन, मूल्य चुकाउन पनि तयार हुनुपर्छ : शशाङ्क कोइराला

प्रभातफेरी अनलाइन८ पटक पढिएको | २०८३ आश्विन २४, शनिबार
राजनीतिमा सत्यमा रहेर मात्र पुग्दैन, मूल्य चुकाउन पनि तयार हुनुपर्छ : शशाङ्क कोइराला

काठमाडौं / नेपाली कांग्रेसको इतर समूहको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले राजनीतिमा सत्यको पक्षमा उभिनुका साथै त्यसका लागि मूल्य चुकाउनसमेत तयार हुनुपर्ने बताएका छन्।

काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै कोइरालाले आफूले विश्वास गरेको सिद्धान्तमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताए।

उनले मूल्य, मान्यता, विधि र पद्धतिमा आधारित राजनीति कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। राजनीतिमा सत्ता, शक्ति र पैसाको प्रभाव बढ्दै जाँदा निर्वाचनसमेत क्रमशः महँगो बन्दै गएको उनको भनाइ थियो।

कोइरालाले राजनीति सत्ता र शक्तिको भागबण्डाका लागि नभई जनताको सेवा गर्नका लागि हुनुपर्नेमा जोड दिए। सत्ताको दुरुपयोग गर्ने व्यक्तिहरू राजनीतिमा आउन नहुने उल्लेख गर्दै उनले राजनीतिक नेतृत्वले नैतिकता र जनसेवालाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरे।