logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

सुनको मूल्य तोलामा २ हजार २०० र चाँदी ६० रुपैयाँले घट्यो

प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ आश्विन २७, मंगलबार
सुनको मूल्य तोलामा २ हजार २०० र चाँदी ६० रुपैयाँले घट्यो

स्थानीय बजारमा आज मंगलबार सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँ र चाँदी ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।