logo
२०८३ आश्विन २७, मंगलबार |
☰
📰
🔍
✕

तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

प्रभातफेरी अनलाइन६ पटक पढिएको | ९ मिनेट अघि
तनहुँमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु

तनहुँ / तनहुँको भिमाद नगरपालिका–५, शीतलमार्गस्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट तीन वर्षीय बालक स्वरूप गैरेको मृत्यु भएको छ। आज बिहान करिब ८:५० बजे भिमादबाट ऋषिङपाटनतर्फ जाँदै गरेको ग.प्र.०३–००१ प १०६७ नम्बरको मोटरसाइकलले बालकलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए।

घाइते बालकलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र लगिएकोमा बिहान ९:५६ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।