प्रभातफेरी अनलाइन६ पटक पढिएको | १ घण्टा अघि
काठमाडौं / सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन गर्नुहुने भएको छ।
प्रधानमन्त्री शाहज्यूकी प्रेस विज्ञ दीपा दाहालले उहाँ उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिनुभएको हो।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साँझ ५ बजे साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।
प्रधानमन्त्री शाहज्यूले सामाजिक सञ्जालमार्फत प्रतियोगिताको सफलताको शुभकामना दिँदै लिगमा सहभागी हुने अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान)लाई स्वागत तथा शुभकामना व्यक्त गर्नुभएको छ।
उहाँले नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने सन्देशसमेत दिनुभएको छ।