logo
२०८३ कार्तिक १०, सोमबार |
☰
📰
🔍
✕

आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

प्रभातफेरी अनलाइन८ पटक पढिएको | ५६ मिनेट अघि
आजदेखि नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको हो।

प्रतियोगितामा अघिल्ला संस्करणमा सहभागी आठ टोली लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।

आज हुने उद्घाटन खेलमा अघिल्लो संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल अपराह्न ४ः३० बजे सुरु हुने तालिका रहेको छ।

सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन हुने प्रतियोगिता इलिमिनेटर र क्वालिफायर चरण हुँदै मंसिर ५ गते फाइनल खेलसँगै समापन हुनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रतियोगिताको विजेताले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै, उपविजेताले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।