प्रभातफेरी अनलाइन५ पटक पढिएको | २०८३ कार्तिक ११, मंगलबार
काठमाडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत इभागोरस भ्रीयोनिडेसबीच उच्च शिक्षामा सहकार्य विस्तार तथा साइप्रसमा अध्ययनरत नेपाली विद्यार्थीको हितका विषयमा छलफल भएको छ।
मङ्गलबार सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र शैक्षिक सहकार्यका विषयमा छलफल भएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ।
भेटका क्रममा मन्त्री पोखरेलले नेपाली विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) उपलब्ध गराउने तथा विदेशबाट प्राप्त शैक्षिक उपाधिको नेपालमा समकक्षता निर्धारण गर्ने प्रक्रियालाई सहज बनाउन मन्त्रालयले आवश्यक काम गरिरहेको जानकारी गराउनुभएको थियो।