logo
२०८३ कार्तिक १२, बुधबार |
☰
📰
🔍
✕

अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

प्रभातफेरी अनलाइन१८ पटक पढिएको | २०८३ कार्तिक १२, बुधबार
अर्थमन्त्री स्वर्णिम वाग्लेलाई बर्खास्त गर्न गोकुल बाँस्कोटाको माग

काठमाडौं / नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई पदबाट बर्खास्त गर्न प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।

भारतको नयाँ दिल्लीमा एक भारतीय टेलिभिजन कार्यक्रममा सहभागी हुँदै अर्थमन्त्री वाग्लेले भारतको विरोध गरेर नेपाली राष्ट्रवाद बन्ने अवस्था अन्त्य भएको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिलाई लिएर बाँस्कोटाले आपत्ति जनाएका हुन्।

बाँस्कोटाले सामाजिक सञ्जालमार्फत वाग्लेको आलोचना गर्दै नेपालको परराष्ट्र नीति पृथ्वीनारायण शाहले प्रतिपादन गरेको सन्तुलित सम्बन्धको सिद्धान्तमा आधारित रहेको उल्लेख गरेका छन्।

उनले प्रधानमन्त्री शाहलाई अर्थमन्त्री वाग्लेलाई पदबाट हटाउनसमेत आग्रह गरेका छन्।