प्रभातफेरी अनलाइन१५ पटक पढिएको | २०८३ कार्तिक १६, सोमबार
काठमाडाैँ / नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे काठमाडौँ गोर्खाज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।
काठमाडौँ दोस्रो खेलमा पहिलो जितको खोजीमा मैदान उत्रँदा दुई खेल जितेर चार अङ्क जोडेको कर्णाली तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ।
त्यस्तै, आजै साँझ ५ बजे हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज आमनेसामने हुनेछन्। तीन खेलमा एक जित मात्र निकालेको सुदूरपश्चिम जितको दबाबमा रहँदा चितवन भने एक जित र एक खेलमा वर्षाका कारण अङ्क बाँड्दै अपराजित रहेको छ।