प्रभातफेरी अनलाइन९ पटक पढिएको | २०८३ कार्तिक १७, मंगलबार
काठमाडौँ / आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला तीन हजार ६७५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँ र चाँदी तीन हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।