logo
२०८३ कार्तिक १९, बिहिबार |
☰
📰
🔍
✕

त्रिविको ७०५ रोपनी जग्गा फिर्ता ल्यायौँ : शिक्षामन्त्री पोखरेल

प्रभातफेरी अनलाइन१७ पटक पढिएको | १ घण्टा अघि
त्रिविको ७०५ रोपनी जग्गा फिर्ता ल्यायौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ / शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै मन्त्री पोखरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भइरहेका विश्वविद्यालयका जग्गा खाली गराउन निर्देशन दिएको उल्लेख गरेका छन्।

त्रिवि प्रशासनसँगको निरन्तर समन्वय र प्रशासनिक पहलका कारण ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाभित्र मात्रै करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल भएको उनको भनाइ छ।

फिर्ता भएको जग्गा आगामी दिनमा अत्याधुनिक अनुसन्धान केन्द्र, शैक्षिक पूर्वाधार निर्माण तथा विश्वविद्यालयको हितमा प्रयोग गरिने मन्त्री पोखरेलले बताएका छन्।