logo
२०८३ कार्तिक २१, शनिबार |
☰
📰
🔍
✕

लक्ष्मी पूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन २ हजार ५०० मेगावाट

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ कार्तिक २१, शनिबार
लक्ष्मी पूजामा विद्युत्को माग १ हजार ७०० मेगावाट पुग्ने अनुमान, उत्पादन २ हजार ५०० मेगावाट

काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लक्ष्मीपूजाको दिन साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।

प्राधिकरणका अनुसार उक्त समयमा आन्तरिक विद्युत् उत्पादन करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण गरिएको छ। मागभन्दा उत्पादन बढी हुने भएकाले लक्ष्मीपूजामा विद्युत् अभाव नहुने प्राधिकरणले जनाएको छ।